टेष्टराईडको बाहनामा मोटरसाईकल चोरी फरार व्यक्ति सालझण्डी प्रहरीद्वारा पक्राउ

कोल्हवी न्युज
२०७९ असार १६, बिहीबार ०९:१६

रुपन्देही :बिदेश जानुपर्ने भएको र पैसा कम भएको कारणले मिति २०७९/०३/१० गते जिल्ला रोल्पा त्रिवेणी गा.पा-०७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि.क ले आफ्नो फेसबुकमा मोटरसाईकल बिक्रिमा रहेको भनि बा ५१ प ७४४३ नं को VR मोटरसाईकलको फोटो रु.१ लाख मुल्यसहित राख्छन् । त्यसको केहि दिनमा उनि पासपोर्ट सम्बन्धी कामको लागि काठमाडौँ जाने तरखरमा हुन्छन्।
मिति २०७१/०३/१३ गते बा ५१ प ७४४३ नंम्बरको VR मोटरसाईकलको धनि दिल बहादुर बि.क काठमाडौँ जानको लागि दाङबाट बिहान हिडेकोमा बिहान अं १०:३० बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ रामापुर स्थित महेन्द्र राजमार्ग सडक छेउमा मोटरसाईकल रोकि पसलमा चिया पिईरहेका हुन्छन्। यत्तिकैमा उनको भेट एक अपरिचित र स्थानियजस्तो देखिने युवकसँग हुन्छ।
भर्खर भेटिएका उनै दिलबहादुरको छेउमा आई अहो कस्तो राम्रो मोटरसाईकल तपाँईको मलाई त खुब मन पर्यो भनि छेउमै राखेको मोटरसाईकल मुसार्न थाल्छन्। त्यसपछि उनै अपरिचित युवकले आफूलाई मोटरसाईकल एकदम मन परेको र किन्ने भनेपछि दिलबहादुरले पहिले १ लाख भनि फेसबुकमा बेच्न राखेको मोटरसाईकलको मुल्य ९० हजार बताउँछन्। त्यसपछि उनै युवाले खै किन्नुभन्दा पहिले एकपटक कन्डिसन पनि त चेक गर्नुपर्यो नत्र त त्यत्रो ९० हजार हालेर बित्तैमा फसिएला नि भनेर मोटरसाईकलको चाबि माग्छन् र स्टार्ट गरि टेस्ट राईडको लागि निस्कन्छन् ।
टेस्ट राईडमा निस्किएका व्यक्ति १०/१२ मिनेटसम्म पनि नफर्केपछि आफ्नो मोटरसाईकल किन्ने बाहनामा चोरी भएको आशंकामा उनले तत्कालै ई.प्र.का सालझण्डीमा खबर गर्छन्। खबर गरेलगत्तै प्रहरी खोजतलासमा निस्कन्छ तर ति चोरी गरि लैजाने युवकको जानकारी नहुनाले तत्कालै पक्राउ पर्दैनन् तर पनि खोजतलास चलिरहन्छ।
आवश्यक अनुसन्धान गर्ने क्रममा उक्त चोरी भएको बा ५१ प ७४४३ नं को VR मोटरसाईकल जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ बस्ने बर्ष १८ को एस.पि (परिवर्तित नाम) नाम गरेको मानिसले चोरी गरि गएको खुल्न आउँछ ।
तत्पश्चात ई.प्र.का सालझण्डीबाट प्र.नि जगन्नाथ मरासिनीको कमाण्डमा रहेको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०३।१५ गते जिल्ला रुपन्देही कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थितको भित्री सडकमा उक्त बा ५१ प ७४४३ नम्वरको VR मोटर साईकल चलाई हिँडेको अवस्थामा बरामद गरी उक्त मोटरसाईकल चोरी गर्ने प्रतिवादी समेतलाई फेला पारी तत्काल पक्राउ लिई चोरी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको ई.प्र.का सलाझण्डी प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*