रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना विरुद्ध बिशेष अदालतमा अख्तियारको आरोप पत्र(पत्र सहित)

कोल्हवी न्युज
२०७९ असार १२, आईतवार १६:३९

कोहल्वी । फतुवा विजयपुर नगरपालिका रौतहटका नगरप्रमुख गोपाल राय यादव सहित अन्य २१ जना बिरुद्ध अख्तियारा दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाडौमा आरोप पत्र दायर गरेको छ ।
सोही नगरपालिकामा पर्ने लालबकैया नदिको ढुंगा,गिटी,वालुवाको ठेक्का पट्टामा ऐन नियम विपरति कार्य गरेको भन्दै अख्तियारले नगरप्रमुख राय सहित तत्कालीन नगरउप्रमुख कान्ति देवी,सन्जय प्रसाद,भविछन् राय यादव,दिपनारायण शाह शेख एजाज अहमद,हिरा राय यादव,उमाशंकर शाह कल्वार,दिप नारायण चौधरी,योगेन्द्र प्रसाद चौधरी,ज्ञानेन्द्र चौधरी,लक्ष्मण शाह कानो,शुन्दरी माझी,जिरनी देवि,फुल कुमारी देवी ,सन्जु देवी जैसवाल,शशिकुमार साह र रविन्द्र कुमार निधीलाई भ्रष्टचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देशन गरे बमोजीम बिगो रु १,५३,५०,१९९( एक करोड त्रिपन्न लाख पचास हजार एक सय उनान्सय रुपैया) कायम गरी आरोपीत बाट अशुल उपर गर्ने गरी आरोप पत्र दायर गरेको हो । आ.व.२०७५÷७६ मा बकैया नदिनको आन्तरीक आय व्यवस्थापन सम्बन्धि जिल्ला समन्वय समिती रौतहटको रोहवरको बैठकबाट गुजरा नगरपालिका रौतहट र फतुवा विजयपुर नगरपालिका ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाँडफाँड गर्ने सहमती भएको थियो । तर फतुवा विजयपुर नगरपालिका बकैया नदिको ठेक्का प्रचलित ऐन,नियम बिपरित रद्ध गरी नगरपालिकालाई नोक्सानी पु¥याएको भनी अख्तियारमा उजुरी परेको थियो ।
हेर्नुस् आरोप पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*