बिमानस्थल निर्माण पहलका लागि कोल्हवीमा जनसरोकार समितिको बैठक सम्पन्न
कोल्हवी:बारा जिल्लाको कोल्हबी नगरपालिकाका दोस्रो अन्तर्राष्ट्रिय बिमान स्थल नर्माणका लागि बिभिन्न चरणबद्ध कार्यक्रम गर्न जन परिचालक समितिको बैठक बसेको छ । सो बैठक सर्बोच्च अदालतको असम्बैधानिक कदमका बिरुद्धमा शसक्त रुपमा आन्दोलन तयारीका लागि बसेको हो ।
उक्त बैठक जन परिचालक समिति कोल्हबीका संयोजक दिपेन्द्र सुबेदी तथा जन सरोकार समितिका संयोजक ढुन्डीराज उप्रेतीको प्रमुख आतिथ्यमा बसेको थियो । प्रमुख अतिथि उप्रेतीले आफ्ना मन्तव्य राख्दै बिमान स्थल निर्माण गर्दा बाहीर कपोकल्पित हल्ला भए जतिको बन बिनास नहुने कुरा प्रष्ट पार्दै बिमान स्थल बनाउँदा भारतिय आकासको प्रयोग नहुने र नेपालले पनि आफ्नै आकासिय क्षेत्रलाई धेरै अगाडी लान सक्ने कुरा बताउनु भयो ।
त्यस्तै कोल्हबी नगरपालिका वडा नम्बर २ मा मैनाली फर्म संचालन गरेका शकंर मैनालीले निर्माण हुने बिमान स्थल त्यस नगरको मात्रै नभएर समग्र राष्ट्रकै गौरबको योजना हुने र निर्माणका लागि सबै छिमेकी नगरपालिका तथा गाउँपालिकाहरु समेत जागरुक हुनुपर्ने भन्ने तर्क राख्नु भएको छ । सो बैठकमा कोल्हबी नगर वडा नम्बर २ का वडाध्यक्ष गोपाल अधिकारी, शुधद्रा धिमाल, हरिनारायण चौधरी, नन्देश्वर चौधरी, राजेन्द्र मैनाली, लिला पाण्डे, प्रबिन गिरी ,यम बहादुर कटुवाल लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु उपस्थित भई आ आफ्ना धारणहरु राखेका थिए ।










