तामागढी कोल्हवी सडक खण्डमा फेरी सवारी दुर्घटना

कोल्हवी न्युज
२०७९ जेष्ठ १८, बुधबार ०९:२०

कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा नं २ भलुवाईखोरमा आज बिहान सडक दुर्घटना भएको छ। तामागढी कोल्हवी हुलाकी मार्ग सडक खण्डमा बाराको पचरौता बाट कोल्हवी हुदै निजगढ तर्फ गईरहेको बा .१९ च ३९०९ नम्बरको कलेजी रङको कारले निजगढ बाट कोल्हवी आउदै गरेको प्रदेश २ -०३ -००१ ह ७२९ नम्बरको निलो अटो लाई ठक्कर दिदा अटो चालक बटौलिया निवासी ईश्वर चौधरी गम्भीर गाईते भएका छन्।
घाईते चालक लाई टाउको मा चोट लागेर यति बेला उपचारको लागि कोल्हवीमा रहेको जननायक अस्पतालमा लगिएको अस्थाई प्रहरी पोष्ट झुरझुरका प्रहरी हवलदार पकंज शर्माले जानकारी दिनु भयो ।दुर्घटनामा परेको कारमा ४ जना सवार भएका र सबै सकुशल रहेको र अटोमा भने अटो चालक मात्र रहेको अस्थाई प्रहरी पोष्ट झुरझुरले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको अटो पुर्ण रुपमा क्षति भएको छ भने कार मा केही क्षति भएको छ। दुर्घटनाग्रस्त दुबै सवारी साधन र कार चालक निजगढ ७ निवासी दिननाथ साह यति बेला झुरझुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*