देशकै चर्चित हेटौंडा ९६.६ एफ.एम आज बाट १८औं बर्षमा प्रवेश

कोल्हवी न्युज
२०७९ बैशाख २४, शनिबार ०७:५७ गते

हेटौंडा । मकवानपुर मिडिया प्रालि द्वारा संचालित हेटौंडा ९६ दशमलव ६ एफ.एम. आजबाट १७ वर्ष पुरा गरी १८ वर्षमा प्रवेश गरेको छ । बिभीन्न खालका आरोव अवरोह पार गर्दै एफ. एम. १८ वर्षमा प्रवेश गरेको हो । कोरोना भाइरसको संक्रमणको समयमा समेत आमनागरिकलाई सूचनाको हक दिलाउन लागिपरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाँडामा कार्यालय र हेटौंडा १ भैरवडाँडामा रिले स्टेसनबाट रेडियो संचालन हुँदै आएको छ । एफ. एम.ले जनआन्दोलन, नाकावन्दी, भुमम्प, अहिलेको निषधाज्ञाको समयमा विशेष कार्यक्रमनै सञ्चालन गरेर आम नागरिकलाई सुसुचित गराउने काम गरेको हेटौंडा एफ. एम.का प्रवन्ध निर्देशक उज्वल चौलागाईले वताउनुभयो ।

एफ. एम.ले आधा–आधा घण्टामा समाचार र बिभीन्न मनोरंजनात्मक र जानकारी मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । भैरवडाँडाबाट रिले स्टेसन भएपछी मकवानपुर सहित आसपासका जिल्लामा एफ. एम. सुनिन्छ । बिगतका वर्षमा बार्षिक उत्सवका अवसरमा भव्य कार्यक्रम गरिने भएपनि निषेज्ञाका का कारण यो पटकको बार्षिक उत्सव कार्यक्रम गर्न समस्या भएको चौलागाईले वताउनुभयो ।

हेटौडा एफएम १ हजार वाट क्षमतामा भैरवडाडावाट रिले प्रशारण हुदै आएको छ । जिल्लाको एकमात्र रिले प्रशारणको क्षमता रहेको हेटौडा एफएम समाचार तथा मनोरन्जनात्मक कार्यक्रम सहित हाल दैनिक २० घन्टा प्रशारण हुदै आएको छ । प्रत्येक आधा आधा घन्टामा समाचार १०० सेकेन्ड प्रशारण गर्दै आएको हेटौडा एफएम जनआन्दोलन, संविधान सभाको निर्वाचन एव महाभुकम्पमा प्रशारणको माध्यमले समाजमा गरेको उच्चतम कार्यको मकवानपुरे जनताले सरहाना गरेका छन् ।

महाभुकम्पका समयमा त्रिपालमुनी वसेर काम गरेको र जनतामा सुचना पुर्याउन लागि रहेको समय अहिले पनि हामीलाइ सम्झना आउछ ,यस्तै समस्याको समयमा काम गरेका कारण आजपनि हेटौडा एफएम अग्रणी प्रशारण संस्थाको रुपमा रहेको छ ,हेटौडा एफ एमका प्रवन्ध निर्देशक उज्वल चौलागाई वताउनु हुन्छ ।

०६१ सालमा स्थापना भएको हेटौडा एफएम आज सम्म पनि निरन्तर र निश्पक्ष समाचारको लागि जिल्लामा प्रख्यात रहेको छ । शेयरकाष्ट यिनीसियटिभ्सले देश व्यापी गरेको श्रोता सर्वेक्षणमा देशमै सवैभन्दा वढी श्रोता संख्या रहेको एफएम पनि हेटौडा एफएमलाइ नै मान्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*