२३ बर्ष पछि बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा
बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा भएको छ । २३ बर्ष पछि बर्नमाउथ फेरि प्रिमियर लिगमा बढुवा भएको हो । च्याम्पियनसिपको खेलमा नोटम फरेष्टलाई १(० ले हराउदै उसले शिर्ष डिभिजनको यात्रा तय गरेको हो ।
बर्नमाउथको जितमा एक मात्र गोल सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका किफेर मोरीले गरे । उनले खेलको ८३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
प्रशिक्षक स्कट पार्लरले पछिल्लो ३ सिजनमा दोस्रो टिमलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भए । यसअघि फुलहामलाई २०१९ मा बढुवा गराउन सफल भएका थिए । तर सो टोली प्रिमियर लिगमा धेरै टिक्न सकेन ।
च्याम्पियनसिपबाट यो सिजनमा फेरि फुलहाम पनि बढुवा भएको छ । लिगको शीर्ष स्थानमा रहेको फुलहाम र बर्नमाउथ प्रिमियर लिगमा बढुवा भए । फुलहामको ९० र बर्नमाउथको ८५ अङ्क भएको हो ।