बारा -काठमाडौं सम्पर्क मञ्च द्वारा २०७९ को भित्ते पात्रो प्रकाशित
कोल्हवी:नेकपा (एमाले) बारा काठमाडौं सम्पर्क मञ्चले नव वर्ष २०७९ सालको भित्ते पात्रो प्रकाशित गरेको छ! भित्ते पात्रोको लोकार्पण नेकपा एमाले लेखा आयोगका सदस्य क. बद्री भट्टराई, मधेश प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष क. शिव प्र. रिजाल,मधेश प्रदेशका सदस्य तथा बारा काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज क. युवराज बोहरा र बारा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुदर्शन गिरीको हातबाट गरिएको छ!
कार्यक्रममा मधेश प्रदेशका सदस्य जसमुद्दिन मन्सुर,प्रशान्त यादव , सीतादेवी संजेलको समेत उपस्थिति रहेको थियो!
कार्यक्रममा बारा काठमाडौं सम्पर्क मञ्चको स्थानीय तह नेकपा एमाले सम्पर्क मञ्च समेत गठन गरेको छ।
१. कोल्हवी न.पा. सम्पर्क मञ्च
अध्यक्ष:- क.बिनोज खनाल
सचिव:- क. छविलाल देवकोटा
२. निजगढ न.पा.
अध्यक्ष:- क.कृष्ण प्रसाद रिमाल
३. जितपुर सिमरा उप न.पा.
अध्यक्ष:- क. प्रकाश अधिकारी
४. परवानीपुर गा.पा.
अध्यक्ष:- क. कन्हैया यादव
सचिव:- क. अनिल गुप्ता
५. प्रसौनी गा.पा.
अध्यक्ष:- क. राजेन्द्र दास तत्मा
सचिव:- क. जावेद मन्सुर लगाए रहेको सम्पर्क मञ्चले जनाएको छ!









