यौन दुर्व्यवहारको आरोपमा मकवानपुरको जनता मा.बि फापरबारिमा छात्राहरू द्वारा बिधालय तोडफोड
मकवानपुर:मकवानपुरको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार मकवानपुरको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको छ ।
विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् । विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले छात्राहरूलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए ।
छात्राहरूको निवेदनमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको प्रधानाध्यापक बसन्तराज खरेलले जानकारी दिए । ‘स्थानीय राजनीतिक दलसहित विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीलाई समेत राखेर हामी छलफल गर्दै थियौं । छलफलको क्रममा चित्त नबुझेपछि बाहिर निस्किएर विद्यार्थीहरुले तोडफोड गर्दै तालाबन्दी गरेका छन्’ उनले भने ।
घटनापछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए । उनका अनुसार शिक्षकहरु विदामा रहेका कारण आरोपितहरूलाई पक्राउ गर्न सकिएको छैन ।
‘विद्यालयमा छलफल भएका कारण शिक्षकहरु विदामा बसेको हुनसक्छ । हामी अध्ययन गर्दैछौं,’ उनले भने । मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए । ‘घटनास्थलमा प्रहरी छ । यस विषयमा सोधपुछ भइरहेको छ । शिक्षक वा विद्यार्थी कोही पनि नियन्त्रणमा लिएका छैनौं’, प्रहरी प्रमुख गुरुङका अनुसार पटकपटक दुर्व्यवहार गरेको आरोप छात्राहरुले लगाएका छन् । ‘२र३ दिन अगाडिको घटना रहेछ । जाहेरी आएपछि धेरै विषयमा जानकारी हुनेछ’, उनले भने । इकान्तिपुरबाट । तोडफोडका साथै तालाबन्दी गरिएको छ ।
विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् । विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले छात्राहरूलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए ।
छात्राहरूको निवेदनमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको प्रधानाध्यापक बसन्तराज खरेलले जानकारी दिए । ‘स्थानीय राजनीतिक दलसहित विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीलाई समेत राखेर हामी छलफल गर्दै थियौं । छलफलको क्रममा चित्त नबुझेपछि बाहिर निस्किएर विद्यार्थीहरुले तोडफोड गर्दै तालाबन्दी गरेका छन्’ उनले भने ।
घटनापछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए । उनका अनुसार शिक्षकहरु विदामा रहेका कारण आरोपितहरूलाई पक्राउ गर्न सकिएको छैन ।‘विद्यालयमा छलफल भएका कारण शिक्षकहरु विदामा बसेको हुनसक्छ । हामी अध्ययन गर्दैछौं,’ उनले भने । मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए । ‘घटनास्थलमा प्रहरी छ । यस विषयमा सोधपुछ भइरहेको छ । शिक्षक वा विद्यार्थी कोही पनि नियन्त्रणमा लिएका छैनौं’, प्रहरी प्रमुख गुरुङका अनुसार पटकपटक दुर्व्यवहार गरेको आरोप छात्राहरुले लगाएका छन् । ‘२र३ दिन अगाडिको घटना रहेछ । जाहेरी आएपछि धेरै विषयमा जानकारी हुनेछ’, उनले भने । इकान्तिपुरबाट ।