एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लियो

कोल्हवी न्यूज
२०७८ चैत्र २२, मंगलवार ०८:१७

एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ। गए राती घरेलु मैदानमा भएको खेलमा बोलोग्नासँग गोलरहित बराबरी खेलेको एसि मिलानले शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको हो।

डिफेन्डिङ च्याम्पियन इन्टर मिलान र दोस्रो स्थानमा रहेको नापोलीसँगको जितले शीर्ष स्थानमा रहेको मिलानले १ अंकको अग्रता बनाएको हो। फ्रान्सेली फरवार्ड ओलिभर जिराउडको हेडरलाई बोलोग्नाका गोल रक्षक लुकास स्कोरूप्स्कीले उत्कृष्ट बचाउ गरेपछि पहिलो हाफमा घरेलु टोलीले अग्रता लिने मौका गुमायो।

यस्तै दोस्रो हाफमा पनि पाएका केही राम्रा मौका खेर फाल्दा दुबै टोलीले गोल गर्न सकेनन्। यो बराबरीसँगै एसी मिलान ३१ खेलमा ६७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। यस्तै समान खेलबाट ६६ अंक जोडेको नापोली दोस्रो तथा एक खेल कम खेलेको इन्टर मिलान ६३ अंकसहित तेस्रो स्थानमा छन्।

पराजित बोलोग्ना ३४ अंकसहित १६ औं स्थानमा छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*