ब्यांकिङ ज्योति ब्यांकका ग्राहकलाई सेन्ट्रल प्लाजामा छूट

कोल्हवी न्यूज
२०७८ चैत्र २१, सोमबार १५:५५

ज्योति विकास ब्यांकले कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवामा ब्यांकका ग्राहकलाई १५ प्रतिशत छूट दिने सम्बन्धी सम्झौता गरेको छ।

सम्झौतापत्रमा ब्यांकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी र होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठकले हस्ताक्षर गरेका छन्। ब्यांकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल ब्यांकिङ प्रयोग गर्ने ग्राहकलाई सेवामा थप छूट दिन सम्झौता गरेको जनाएको छ।

होटल सेन्ट्रल प्लाजा कोहलपुरस्थित सम्पूर्ण आधुनिक सुविधा सम्पन्न पाँच तारे होटल हो। यस सम्झौता पश्चात् ब्यांकका ग्राहकले भिसा डेबिट कार्ड वा मोबाइल ब्यांकिङ प्रयोग गरी भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*