हेटौंडामा गठबन्धन्को रोइलो आक्रमण गर्नखोजे प्रतिवाद गर्छु: वडा अध्यक्ष खड्का

कोल्हवी न्युज
२०७८ चैत्र १७, बिहीबार १०:५१ गते


मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १४ का अध्यक्ष दीपक खड्काले गठबन्धनका कार्यकर्ताले वडा नं ८ को घटना आफ्नो वडामा पनि दोहोर्याउन लागेको बताएका छन् । उनले गठबन्धनका कार्यकर्ता आफुसँग प्रतिशोध साँध्नकै लागि हातमा ताल्चा बोकेर वडा कार्यालयमा धम्याउन आएको बताए ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा आफुलाई बदनाम गराउने उद्देश्यले गठबन्धन निकट केही व्यक्तिहरु वुधबार आफुलाई आक्रमण गर्न वडा कार्यालय प्रवेश गरेको उनको भनाइ छ ।

प्रदेश सरकारले बनाएको ‘टुक्रे योजना’ अन्तर्गत् उपभोक्ता समितिको विषयमा छलफल गर्न भन्दै केही व्यक्तिहरु उनको कार्यकक्षमा प्रवेश गरेको उनले जानकारी दिए । उनका अनुसार हातमा ताल्चा समेत बोकेर आएका केही व्यक्तिलाई आज लखेटेर फिर्ता पठाइएको थियो ।
उनीहरुबाट भोलिका दिनमा भौतिक आक्रमण समेत हुन सक्ने उनले बताए । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफु नडराएको बताए । आफुमाथि आक्रमण भए त्यसको प्रतिवाद गर्ने उनले बताए ।

उनले आफ्नो कार्यकालभरी वडाको विकासमा लागिपरेको समेत जानकारी गराए । विभिन्न संघरसंस्थाको सहयोगमा विद्यालय भवन निर्माण गरेको स्वास्थ्य क्षेत्रको सुधार गरेको शान्ति सुरक्षाका लागी वडामा नै प्रहरी चौकी स्थापना गरेको र अन्य धेरै खालका जनताले सहज देख्ने खालका विकास गरेको वडा अध्यक्ष खड्काको भनाई थियो ।नेपाल कलम बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*