स्थानिय निकायको चुनाव नजिकिदै गर्दा कोल्हवी नगरमा कुन पार्टीको आकाँक्षि को- कस्ता छ्न?

कोल्हवी न्युज
२०७८ चैत्र १६, बुधबार २०:५५ गते




कोल्हवी न्युज ब्यूरो :स्थानीय तहको चुनाव आउन अब डेढ महिना भन्दा कम समय बाँकी छ । देशभर एमाले, कांगेस, माओवादी, समाजवादी लगायत पार्टीले गाउँगाउँ तथा टोलटोलमा सक्रियता बढाएका छन् भने विभिन्न पार्टीका प्रतिनिधिले स्थानीय निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिरहेका छन् ।
बारामा पनि विभिन्न राजनीतिक दलका पदाधिकारी तथा सदस्यले विभिन्न पदमा उम्मेद्वारी घोषणा गरिरहेका छन् । त्यस्तै कोल्हवी नगरपालिकामा कुन पार्टीबाट क–कस्ले टिकट पाउलान् ? चर्चाको बिषय बनेको छ भने यसपटकको निर्वाचनमा कुन पार्टीले बाजी मार्ला भनेर राजनीतिका शुभेच्छुक तथा सर्वसाधारणले हारजीतको विश्लेषण गर्न थालेका छन् ।
सोही विषयमा कोल्हवी न्युज डटकमले कोल्हवी नगरको भाबी मेयरमा चर्चामा आएका नाम, मेयरको उम्मेद्वार हुन सक्ने सम्भावना र राजनीतिक पार्टीका अवस्थाबारे चर्चा गरेका छौँ ।

एमालेमा भरत भण्डारी दावेदार
कोल्हवीको नेतृत्व गर्न पुन पनि एमालेबाट हाल नगरपालिकाका मेयर भरत भण्डारी दोहोरीने सम्भावना बढी छ । उनी निकट कार्यकता तथा नेताहरुका अनुसार नेकपा एमाले जिल्ला सदस्य समेत रहेका भण्डारी पुनः मेयर पदको उम्मेद्वार हुने निश्चित जस्तै देखिन्छन् । त्यस्तै एमाले कोल्हवी नगरपालिका कमिटी अध्यक्ष पुरन देव चौधरीको नाम पनि चर्चामा रहेको छ भने ढुण्डरीराज उप्रेती , गोविन्द पौडेल , केवल चौधरी पनि आकांक्षी रहेका छन्।

कांग्रेसमा को बढी चर्चामा
नेपाली कांग्रेसबाट सालिन स्वभावका ककडीका संजय चौधरीको नाम वढि चर्चामा रहेको छ भने ५ जना मेयरका आकांक्षी देखिन्छन् । संजय चौधरी , रवीन्द्र पनुहर, बसन्त चौधरी , रामप्रसाद चौधरी , बासु चौधरीको नाम चर्चामा रहेको छ । गत चुनावमा पराजित भएका मुरलीधर चौधरी भने राजनीति बाट निष्क्रिय रहेका छन् । थारु समुदायको बाहुल्यता रहेको कोल्हवीमा यी मध्य बाट कोहि आउने सबैको आकलन छ।
माओवादी केन्द्र बाट अमृत जीआर निर्विकल्प
यस अघिको स्थानीय निकायको चुनावमा कोल्हवीमा एउटा
वडामा पनि जीत हासिल गर्न नसेको माओवादी केन्द्र, यसपटकको चुनावमा मेयर जित्ने दाउमा छ । गत चुनावमा एउटा सदस्य पनि नजितेको माओवादी समाजसेवी अमृत जिआरलाई नेतृत्व दिएर मेयर जित्न कम्मर कसेको छ । पछिल्लो समय निकै नाम कमाएका जीआर माओवादी बाट निर्विरोध मेयरका उमेदवार हुन्।

राप्रपा र एकीकृत समाजवादीको छैनन् उमेदवार
राजेन्द्र लिङ्देनको नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माधव नेपालको दलको उमेदवार आज सम्म चर्चामा छैनन्।

सुशासन पार्टी बाट ज्ञानु चौधरीको नाम चर्चामा

यसपालि युवा उमेदवार ज्ञानु चौधरीको पनि मेयरपदको लागि उमेदवारी रहने भएको छ । रमेश खरेलको नयाँ दल का नगर अध्यक्ष रहेका चौधरीले यसपालि युवाले जित्ने भन्दै उमेदवारी दिने भएका छन्।

गत चुनावको नतिजा

विं.सं.२०७४ सालको स्थानीय तहको चुनावमा एमालले मेयर उपमेयर , सहित ४ वडामा जित हासिल गरेको थियो । नेपाली कांग्रेसले ६ वडामा जित हासिल गरेको थियो भने १ जना स्वतन्त्र उमेदवार ले जितेका थिए । एमालेले २,४,६,१० मा जितेको थियो , काङ्ग्रेसले १,३,५,८,९,११ मा जितेको थियो भने वडा नं ७ मा स्वतन्त्र उमेदवारले जितेका थिए।

एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा
आगामी चुनावमा एमालेलाई नजिकको प्रतिद्वन्दी गत चुनावमा ६ वडामा जित हासिल गरेको कांग्रेस हो । एक्लाएक्लै चुनाव लड्ने हो भने आगामी चुनावमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसलाई एमालेले हाराउँदै पुनः नगरपालिकामा जित हासिल गर्न सजिलो भने छैन । त्यस्तै एमालेलाई कांग्रेसले हराउन पनि त्यती सहज छैन ।
गत चुनावमा कांग्रेस पराजित भएको वडामा एमाले प्रतिद्वन्दीको रुपमा रहेको थियो भने काङ्ग्रेसले जितेको वडामा एमाले प्रतिद्वन्दी थियो । यसपालि कसले जित्छ भन्ने मत परिणाम सगै थाहा हुने स्थानीय आकलंन गर्छन्।

एमालेको फुटले पनि कांग्रेसलाई गरेन फाईदा
पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी फुट्ने, छाड्ने र प्रवेशको लहर छ । तर कोल्हवीमा भने एमालेको फुटले कांग्रेसलाई फाईदा भएको देखिदैन । देश भर तरंग आएपनि कोल्हवीमा फरक परेको छैन्।

वडामा पनि कांग्रेस र एमाले बराबर दावेदार
नगरपालिकाको ११ वडामध्ये एमालेले २,४,६,८ मा आफ्नो कब्जा जमाउँदा काङ्ग्रेसले १,३ ५,८,९,११ , मा बाजी मारेको थियो । तर यसपालि काम को मुल्यांकन गर्ने हो भने एमालेका गोपाल अधिकारी , भेषबहादुर ढकाल , पुरनदेव चौधरी ले मन जितेका छन् साथै काङ्ग्रेस मा विरेन्द्र चौधरी , योगेश चौधरी , सार्थक पौडेलले मन जितेका छन् त्यसकारण यसै भन्न सकिने अवस्था छैन्।

यस्तो थियो पहिलेको हालत र आज
कोल्हवी नगरको मेयर पद जितेका मेयर भरत भण्डरी ले गत चुनावमा झिनोमत अन्तरले जितेका थिए तर यसपालि भने नतिजा कस्तो हुने भनेर आज भन्न सकिने अवस्था छैन काङ्ग्रेस ले राम्रो उमेदवार ल्यायो भने एमाले लाई मुस्किल पर्ने देखिन्छ तर एमाले पनि कमजोर नरहेको र आजको कामको मुल्यांकन हेर्ने हो भने एमाले बाजि मार्ने केही बुद्धिजीवी बताउछन ।करिव २९००० मतदाता रहेको कोल्हवी नगरमा कस्ले मार्ला बाजि हेर्न बाकि छ। त्यस्तै घात अन्तरघात हुने पनि सम्भावना छ तर, हारजितको सुनिश्चित मतले हुने भएकोले त्यो चुनावी मत परिणामले नै बताउँछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*