भन्सार छलीको मोबाइलसहित पक्राउ

कोल्हवी न्यूज
२०७८ चैत्र १६, बुधबार १९:५७

भारतबाट भन्सार छलेर ल्याएको मोबाइल सहित प्रहरीले काठमाडौँको स्वयम्भूबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वयम्भू स्थित हल चोकमा ‘ए–एस मोबाइल स्टोर’ सञ्चालन गर्ने २९ वर्षीय आशिक श्रेष्ठ छन् ।

नागार्जुन नगरपालिका–३ स्थित इचङ्गुनारायण घर भएका श्रेष्ठको मोबाइल स्टोरबाट भन्सार छलेको ३० थान मोबाइल बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । बरामद मोबाइलको मूल्य करिब २ लाख पर्ने बताइएको छ । आरोपीलाई कानुनी कारबाहीका लागी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*