इजरायलमा प्रहरीको गोली प्रहारबाट ५ जना बन्दुकधारीको मृत्यु

कोल्हवी न्यूज
२०७८ चैत्र १६, बुधबार ०९:००

इजरायलमा फेरि अन्धाधुन्ध गोली प्रहार हुँदा पाँचजनाको मृत्यु भएको छ। तेल अभिभमा मंगलबार गोलीकाण्ड भएको हो। हप्ता दिनभित्रै इजरायलमा तेस्रोपटक अन्धाधुन्ध गोलीकाण्ड भएको हो।

अति–रुढिवादी यहुदीहरुको बसोबास रहेको तेल अभिभको बेनी ब्राकमा गोलीकाण्ड भएको हो। जहाँ प्रहरीले प्रहार गरेको गोली लागेर ५ बन्दुकधारीको मृत्यु भएको छ।

यसअघि इजरायली अरब समूहले मंगलबार र आइतबार गरेको आक्रमणबाट ६ जनाको ज्यान गएको थियो।

बन्दुकधारीले आफ्नो अटोमेटिक हतियार निकालेर सर्वसाधारणमाथि गोली हानेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनापछि तेल अभिभको सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*