साल्ट ट्रेडिङको बोनस सेयरमा मूल्य समायोजन
२०७८ चैत्र १५, मंगलवार १०:४६ गते
साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
यसले चैत ३० गते वार्षिक साधारण बोलाएको छ । सभामा १०% बोनस सेयर प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५०% नगद लाभांश पनि वितरण गर्दैछ । सभा प्रयोजनको लागि कम्पनीले आज चैत १५ गतेदेखि बुक क्लोज गरेको छ ।








