बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिका भ्रष्टाचारमा पहिलो र दोस्रो

कोल्हवी न्युज
२०७८ चैत्र १०, बिहीबार १६:३१

कोल्हवी:मधेश प्रदेशभित्रका स्थानीय तहमध्ये बाराका दुई उपमहानगरपालिका भ्रष्टाचारमा पहिलो र दोस्रो स्थानमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको तथ्यांकअनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

बाराको कलैयामा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रममा अख्तियारको कार्यालय हेटौडाले उक्त तथ्यांक सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जितपुर सिमरा उपमहानगरको ७६ भ्रष्टाचारका उजुरीमध्ये ३७ वटा फर्छ्यौट भएका छन् । बाँकी गम्भीर प्रकृतिका तथ्य सहितको उजुरी रहेकोले अनुसन्धानको क्रममा रहेको अख्तियारले जनाएको छ ।
कलैया उपमहानगरपालिकाका ५४ उजुरी मध्ये २९ उजुरी फर्छ्यौट भएका छन् भने २५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*