बारामा जगदम्बा १२औं जितपुर सिमरा गोल्डकप आजबाट शुरु

कोल्हवी न्युज
२०७८ चैत्र १०, बिहीबार १४:२७ गते

कोल्हवी:जगदम्बा १२औं जितपुर सिमरा गोल्डकप २०७८ चैत १० गतेबाट सुरू हुदैछ। उद्घाटन खेलमा शिर्ष श्रेणीको फ्रेन्ड्स क्लब र सुदुरपश्चिम-११ बिच हुदैछ। सिमरा रगंशाला हुने खेल साझंको ५ः३० बजे सुरू हुनेछ।यस खेलको विजेताले क्वाटरफाइनलमा आयोजक टोली नव जन जागृतिको सामना गर्नेछ।
सिमरा रंगशालाबाट ‘नेपालस्पोर्ट्स’ले गोल्डकपको हरेक खेलको प्रत्यक्ष प्रशारण गर्नेछ।प्रतियोगितामा साविक विजेता सङकटा क्लब, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, एपीएफ फुटबल क्लब, फ्रेन्ड्स क्लब, सुदुरपश्चिम-११ स्पोर्ट्स क्लब, भरतपुर फुटबल क्लब, बागमती युथ क्लब, विजयी युथ क्लब र आयोजक नव जन जागृती गरि १० टोलीको सहभागीता रहेको छ।
आयोजकले गोल्डकपको विजेतालाई दस लाख तथा उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार रकम प्रदान गर्नेछ। यस्तै सम्पूर्ण विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार दिइनेछ। प्रत्यक खेलको उत्कृष्ट खेलाडीले ५,००० पाउनेछन् भने सिमराका एक उदयमान खेलाडीलाई पनि नगद सहित सम्मान गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*