हेटौँडा ८ का खेलाडीलाई युवासंघको सम्मान
मकवानपुर । राष्ट्रिय युवासंघ हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ८ कमिटीले बागमती बागमती प्रदेशमा जारी पहिलो खेलकुद प्रतियोगीतामा उत्कृष्ठ खेल प्रस्तुत गर्ने वडाका खेलाडीलाई सम्मान गरेको छ ।
जारी प्रदेश खेलकुद प्रतियोगीतामा पुरुष टि२० क्रिकेट प्रतियोगीतामा धादिङलाई पराजय गर्दै मकवानपुरलाई विजयी गराउन महत्वपुर्ण खेल प्रस्तुत दिन वडाको श्रमीक टोलका समिर चौलागाँई,एथ्लेटिक्स
प्रतियोगीताको सटपुटमा दोश्रो हुने वडाको नमुना टोलका जयकुमार मगर,तेक्वान्दो डोजाङ ७४ केजी तौल समुहमा रजत पदक प्राप्त गर्ने वडाको किरण टोलका सुरज स्याङ्वोलाइ युवा संघ ८ नम्बर वडा कमिटी र मदन भण्डारी स्पोर्टस एकेडेमी ८ नम्बर वडा कमिटीले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यहरु,युवा संघ प्रदेश,जिल्ला नगर र वडा कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो । खेलाडीलाई हेटौँडा ८ का वडाध्यक्ष गोपाल श्रेष्ठटले प्रमाण पत्र खादा लगाएर सम्मान गरेका हुन् ।










