बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा–११ अमाटारका २२ वर्षीय रामबाबु साहको मृत्यु भएको हो ।
वीरगञ्ज–पथलैया सडक खण्डको जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडीङ नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
सिमराबाट जितपुर तर्फ जाँदै गरेको ना.६ ख.४९४२ नम्बरको को कन्टेनर ट्रकले सोहि दिशातर्फ जाँदै साहले चलाइरहेको ना.१९ प.१२७७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।फरक नेपाल बाट