बागमती प्रदेश खेलकुद: पुरुष तर्फको उपाधी मकवानपुरलाई

कोलहवी न्युज
२०७८ चैत्र ६, आईतवार २०:१७ गते

हेटौंडा । हेटौंडाको क्याम्पाडाँडा खेलमैदानमा भएको फुरुष तर्फको फुटबल खेलमा मकवानपुरले उपाधी हात पारेको छ । आज भएको फाइनल खेलमा मकवानपुर बिजयी भएको हो ।
बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको हो । घरेलु मैदानमा मकवानपुरले ललितपुरलाई पेनाल्टी सुटमा ३–० गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटमा धकेलिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*