प्रथम प्रदेश खेलकुद प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौंडामा शुरु

कोलहवी न्युज
२०७८ फाल्गुन २८, शनिबार २२:२२ गते

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । आज साँझ हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले धावक वैकुण्ठ मानन्धरलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हन् ।
ओलम्पिक टर्च लिएर धावक बैकुण्ठ मानन्धरले पिप्ले क्याम्पा रंगशालाको खेलमैदान परिक्रमा गरेका थिए।
उद्घाटन समारोहमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरु भएको थियो !
उद्घाटन समारोह कार्यक्रममा करिब १० हजारको मानिसहरुको सहभागिता रहेको छ !कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ,प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल,प्रदेशका मन्त्रीहरु,प्रदेश खेलकुद परिषद्का पदाधिकारीहको सहभागिता रहेको थियो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगताको समापन कार्यक्रम चैत १२ गते काभ्रेको धुलिखेलमा हुने छ । मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा विभिन्न खेलको प्रतियोगिता हुँदै छ । मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने छ ।सिन्धुपाल्चोकमा भने चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने छ ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*