पर्सौनामा दोस्रो कोल्हवी मेयर कप भलिबलको महासङ्राम सुरु

कोलहवी न्युज
२०७८ फाल्गुन २६, बिहीबार ०८:२५ गते

कोल्हवी नगरपालिका वडा नम्बर ६ प्रसौना बजार स्थित प्रसौना खेल मैदानमा भलिबल प्रतियोगिताको महा संग्राम बुधबार देखि सुरु भएको छ ।
भलिबल प्रतियोगिता कोल्हवी नगरपालिका वडा नम्बर ६ को विशेष सहयोगमा र सनसाइन युवा क्लब प्रसौनाको आयोजनामा उदघाटन भएको छ। हिजो बुधबार प्रसौना र गडहल, बसतपुर र पोता तथा मिलन चौक र जुगवाका खेलाडी बिच प्रतिस्पर्धा भएको थियो भने आज बिहिबारको दिन जन शक्ति क्लब कोल्हबी र भदौरामाई युवा क्लब छतिवन टाँडी पर्सा बिच खेल हुने आयोजक कमिटिले जनाएको छ ।
उक्त खेलको उदघाटन गर्दै कोल्हवी नगरपालिकाको नगरप्रमुख भरत बहादुर भण्डारीले शरीरलाई स्वस्थ राख्न खेलको अति नै आवश्यक रहेकोले हामी सम्पूर्णले खेल वा व्यायाम अनिवार्य गर्नु पर्छ । आउँदो युवाहरुको भविष्यको लागि हामी संधै खेललाई प्राथमिकता दिने छौं बताएका छन्। ।
त्यसै गरी विशिष्ट अथिति नगर उप प्रमुख सुनैन देवी थरुनी , केवल प्रसाद चौधरी, मधुसुधन अधिकारी, पलट प्रसाद चौधरी ,कल्याणी चौधरी अथिति नेपाल सशस्त्र प्रहरी कोल्हवीका सई राय शरण सिल्वान,चन्देश्वर कुशवाहा , विद्यानन्द चौधरी लगायत समाजका अगुवाहरु ,स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।
बुधबार भएको पहिलो खेल सनसाईन युवा क्लब प्रसौना र विकास युवा क्लब गडहल बीच भिडन्त हुँदा प्रसौना टीम विजय भएको थियो । त्यसै गरी दोस्रो पल्ट भएको खेलमा श्री सत्य साई युवा क्लब बसतपुर र श्री सगरमाथा युवा समाज क्लब पोताको भिडन्तमा पोता क्लब विजयी भएको थियो । र अन्त्यमा समाज सेवा युवा क्लब जुग्वा र श्री जनजागृति महिला तथा पुरुष उत्थान केन्द्र मिलनचोक बीच भएको खेलमा मिलन चोक विजय भएको छ । सो प्रतियोगिताको सेमी फाइनल बिहीबार नै हुने गराएको छ । उक्त कार्यक्रमको सभापति सनसाईन युवा क्लबको अध्यक्ष विजय चौधरीले गरेको थिएय । भने कार्यक्रम सञ्चालन कल्बका सचिव विजेन्द्र चौधरीले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*