बाराको कोल्हवी १ बभनीमा ९ ए खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु

कोलहवी न्युज
२०७८ फाल्गुन २१, शनिबार १९:२५ गते

बभनी युथ स्टार क्लब द्दारा आयोजित ९ ए खुल्ला नकाउट फुटबल प्रतियोगिता शनिबारबाट बाराको कोल्हवी १ नया बभनीमा सुरु भएको छ ।
हिन्दुहरुको महान पर्व होलि पर्वको पावन अवसरमा सुरु भएको उक्त प्रतियोगिताको उदघाटन समारोहको प्रमुख अतिथि कोल्हवी न.पा.१ का वडा सदस्य जगिराम पनुहर हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा तामागढी साझेदारी वन व्यवस्थापन समिति कोल्हवीका अध्यक्ष रबिन्द्र पनुहर,जनता समाजवादी पार्टीका नगर अध्यक्ष हरिचन्द्र पनुहरअतिथिहरुमा बैद्नाथ चौधरी शम्भु पनुहर धनन्जय पनुहर श्यामसुन्दर पनुहर ललित चौधरी सुरेन्द्र चौधरी संचारकर्मी बुद्दिजिबी लगायतका उपस्थिति रहेको थियो।उद्द्घाटन कार्यक्रमको सभापतिको आशन ग्रहण क्लबका अध्यक्ष नरेन्द्र पनुहर ले गर्नुभएको थियो भने कार्यक्रमलाई बुधन चौधरीले सहजीकरण गर्नुभएको थियो।प्रतियोगितामा १९ वटा टिमहरु सहभागी रहेका छ्न।
उद्द्घाटन दिनको खेल जुअवा र बांसबारी क्लब बिच प्रतिस्पर्धा भएको थियोे । खेलको पहिलो हापसम्म दुबै टिमले १/१ गोल गरि बराबरी खलेका थिए । तर खेलको दोस्रो हापमा जुअवा टिमले थप ६ गोल गरि १-७ गोलको फराकिलो अन्तरले बिजय हासिल गरेको छ ।उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार १ सिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद रु १० हजार १ सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष नरेन्द्र पनुहरले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*