रेकर्ड राख्दै पेट्रोलियको मूल्य, खपत घटाउनु नै उत्तम विकल्प

कोल्हवी न्यूज
२०७८ फाल्गुन १९, बिहीबार ०८:२६ गते

पेट्रोलियम उत्पादक मूलक रुस र युक्रेनबीचको युद्धका कारण अहिले पेट्रोलियमको मूल्य आकाशिएको छ ।

नेपालमा पेट्रोलियमको एकमात्र आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेशन (आईसी)ले सोमबार मात्रै पठाएको अघिल्लो १५ दिनको नयाँ मूल्य सूचीअनुसार निगमलाई १५ दिनमै करिब ३ अर्ब ९ करोड रुपैयाँको घाटा हुने भएको छ । यो घाटा कम गर्न पेट्रोलियमको मूल्य बढाउँदा उपभोक्ताको ढाड सेकिने अवस्था आउँछ । मूल्य नबढाउँदा निगमलाई घाटा लाग्ने अवस्था छ ।

यसअघि पनि कोभिड-१९ को महामारीका कारण विश्व बजार, आयात, निर्यात र ढुवानी नै प्रभावित हुँदा तेलको मूल्य बढेको थियो । त्यसो हुँदा नेपाल जस्ता पूर्ण रूपमा पेट्रोलियममा आश्रित मुलुकले संकटको बेला खपत कम गर्न उपयुक्त हुने नेपाल निगमका अधिकारीहरू नै बताउन थालेका छन् । ‘उपभोक्तालाई मार पर्ने गरी मूल्य बढाउन आयल निगमलाई रहर छैन,’ निगमका निमित्त उपप्रबन्ध निर्देशक साह भन्छन्, ‘यस्तो असहज परिस्थितिमा सकेसम्म खपत घटाउनु नै हामी नेपाली र देशका लागि फाइदाजनक हुन्छ ।’ मकालुखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*