कोल्हवी ११ का वडा सचिव विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर

कोल्हवी न्यूज
२०७८ फाल्गुन १८, बुधबार १७:५७ गते

बारा कोल्हवीका एक वडा सचिव माथि भ्रस्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । कोल्हवी नगरपालिका वडा नम्बर ११ का वडा सचिव विनोदप्रसाद साहविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

वडा सचिवलाई गत माघ २० गते जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ३५ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएकोले ३५ सय रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रब्क्ता श्याम प्रसाद भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*