मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

कोल्हवी न्यूज
२०७८ फाल्गुन १८, बुधबार १४:०८

मोटरसाईकलको ठक्करबाट बारामा एक जना बृद्धाको मृत्यु भएको छ । मंगलवार बेलुकी मोटरसाइकलको ठक्करबाट घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्लाको कोल्हबी नगरपालिका वडा नं.६ अधन्वा बस्ने करिब ८३ वर्षिया भोलिया देवी थरुनीको मृत्यु भएको हो । मंगलबार बेलुकी करिब ७ बजेको समयमा पैदल हिँडिरहेको अवस्थामा ना.६४.प.७२४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि बिरगंज स्थित सुर्या अस्पतालमा ल्याइएको थियो । उनलाई राति १० बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

ठक्कर दिने मोटरसाइकल भोलिया देवीको घरमा रहेको र मोटरसाइकल चालक बारा कोल्हबी नगरपालिका वडा नं.८ का २५ वर्षिय बशिष्ठ चौधरी वडा प्रहरी कार्यालय विर्ता, वीरगंजको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*