रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म, बढ्न थाल्यो खाने तेलको मूल्य
२०७८ फाल्गुन १७, मंगलवार ०९:०३ गते
रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ ।
नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुलुक रुस र युक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका खाने तेल उद्योगीले मूल्य बढाउन थालिसकेका छन् ।
युक्रेनको युद्धलाई देखाउँदै खाने तेल उत्पादक र बिक्रेताले मूल्य बढाउन थालेका छन् ।










