नेप्से आज बन्द, सेयर कारोबार नहुने
२०७८ फाल्गुन १७, मंगलवार ०९:०० गते

सेयर बजार मंगलबार बन्द हुने भएको छ । आज मंगलबार (फागुन १७ गते) महाशिवरात्री पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द भएको हो । अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा अडिएको छ ।










