नक्कली कागज बनाएर श्रमिकलाई विदेश पठाउने ५३ म्यानपावर कम्पनीका सञ्चालकलाई कैद र जरिवाना

कोल्हवी न्यूज
२०७८ फाल्गुन १७, मंगलवार ०८:५६

वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर सञ्चालकलाई कारबाहीको फैसला गरेको छ। नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै उनीहरुलाई ६ महिना महिना कैद र रु एक लाख जरिवानाको फैसला गरेको हो।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ ९१० को कसुर गरेको ठहर गरी न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपीचन्द्र भट्टराईको इजलासले फैसला सुनाएको हो।

मलेसिया, कतार, साउदी अरब लगायत देश जाने श्रमिकका लागि नक्कली कागजात बनाई ठगी गरेको आरोप उनीहरुमाथि लागेको थियो।

वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगारसम्बनधी मुद्दा हेर्ने गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*