उद्यमशिल युवा दुग्ध तथा कृषि सहकारी संस्थाको विशेष साधारण साभा सम्पन्न

कोल्हवी नगरपालिकाको वडा नं. १ को खैरामा श्री उद्यमशिल युवा दुग्ध तथा कृषि सहकारी संस्थाको विशेष साधारण साभा सम्पन्न भएको हो ।
उद्यमशिल युवा दुग्ध तथा कृषि सहकारी संस्थाको संस्थापक अध्यक्ष पुष्पराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा कोल्हवी नगरपालिका वडा नं. १ को अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी , बिशिष्ठ अतिथीमा सामुदायिक विधुत माहासंघका महासचिव तथा कोल्हवी नगरपालिकाको समाजसेवी गोबिन्द प्रसाद पौडेल , कोल्हवी नगरसपालिका वडा नं. २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी , अतिथीहरुमा शंकर मैनाली ,डा. हेमचन्द्र जयसवाल सहित सयौ स्थानिय किसानहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन अन्जना पौडेल भण्डारी गरेको थियो ।
साथै , सर्व सहम्तबाट ११ सदस्य नया कार्य समिती चयन भएको हो । चयन भएको समितीको अध्यक्षमा राजु प्रसाद घोरासाइने , उपाध्यक्ष अन्जना पौडेल , सचिव पुष्पराज अधिकारी , सह सचिव हेमराज खनाल , कोषाध्यक्ष थानेश्वर पहाडी , सह कोषाध्यक्षमा हरिओम मैनाली , सदस्यहरुमा कृष्ण देवकोटा , टंक प्रसाद तिमलसिना , दमुना कुमारी बर्तौला चयन भएको संस्थापक अध्यक्ष पुष्पराज अधिकारी जानकारी दिनुभयो ।










