वीरगञ्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुँदै

कोल्हवी न्यूज
२०७८ फाल्गुन १४, शनिबार ०६:३५ गते

पर्सामा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबल खेललाई पनि अन्य खेलजस्तै अघि बढाउने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको वीरगञ्ज युथ एकेडेमीले जनाएको छ ।

एकेडमीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी खेल तालिका तथा खेलमा सहभागी हुने टिमको बारेमा जानकारी गराएको छ । चैत २ गतेदेखि सुरुहुने प्रतियोगिताका चैत्र ११ गते सक्ने एकेडमीका सचिव ऋतु शाक्यले जानकारी दिए ।

गोल्डकपमा भारतका २ र नेपालका ६ गरी कुल ८ वटा क्लबको सहभागीता हुने जनाएको छ । खेलमा बागमती युथ क्लब सर्लाही, सिद्धबाबा युथ क्लब अमलेखगंज, बागमती गाविस खेलकुद विकास समिति मबवानपुर, हेटौडा युथ एकाडेमी मकवानपुर, निजगढ युवा क्लब बारा, वीरगञ्ज युथ एकाडेमी पर्सा तथा भारतको छपरा र नरकटियागञ्जको टिमको सहभागीता रहने छ ।

गोल्डकपको मिति तय रहेपछि रंगशालाको टुङ्गो लागी नसकेको आयोजकको भनाई छ । फुटबल प्रतियोगितामा प्रथम हुने टीमलाई ३० हजार र दोस्रो हुने टिमलाई १५ हजार सहित कपशिल्ड प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित खर्च १६ बढी हुने सचिव शाक्यले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*