भन्सार छलीको चामल र गाडीसहित १ जना पक्राउ
रौतहटबाट भन्सार छलीको चामल र गाडीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं. ७ बस्ने ३९ वर्षीय चन्दन पाण्डे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं।१ नेपाल लज अगाडीबाट प्रदेश २-०३-००१ च-२१३८ नं.को पिकअप गाडीमा लोड गरी नेपाल ल्याउदै गरेको भन्सार छलीको हाप स्टिम कतरनी चामल १५० बोरा बरामद भएको रौतहट प्रहरीले जनाएको छ।
बरामद चामल र पिकअप गरि पन्ध्र लाख पचीस हजार रुपयाँ बराबरको रहेको रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले जानकारी दिए।
उल्लेखित चामलसहित भ्यान र पाण्डेलाई नियन्त्रणमा लिई गौर भन्सार कार्यालयमा बुझाइएको उनले बताए।