दाईजो नलिएर चौरसियाले गरे आदर्श विवाह

कोल्हवी न्यूज
२०७८ फाल्गुन ११, बुधबार २१:००

तराई मधेशमा व्याप्त मात्रामा रहेको दाईजो प्रथालाई चुनौती दिँदै पर्सा जिल्लामा १ जोडीले आदर्श विवाह गरेको छ ।

वीरगञ्जस्थित श्री सिता आयुर्वेदिक सेन्टर प्रा।लि।का महाप्रबन्धक हरेराम चौरसियाले दाईजो नलिएर आदर्श विवाह गरेका हुन् । चौरसियाले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ निवासी दिब्या चौरसियासँग हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् ।

मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको कम्पनीका प्रबन्ध निर्देशक संजिव कुमार रायले बताए । तराई मधेशमा विपन्नदेखि हुने खाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् ।

एक प्रा.लि.का सञ्चालक चौरसियाले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बेहुलीका बुवा यादवलाल चौरसियाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*