विमानमा मास्क खोलेर पानी पिउन नदिएपछि १ करोड डलरको माग गर्दै मुद्दा दायर

कोल्हवी न्यूज
२०७८ माघ ६, बिहीबार ०६:२९ गते

अमेरिकाको फ्लोरिडा निवासी ६८ वर्षिया एक महिलाले अमेरिकाकै साउथवेस्ट एयरलायन्स कम्पनीविरुद्ध एक करोड अमेरिकी डलर क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेकी छन् । छिनछिनमा पानी पिउन मास्क फुकालेको भनेर आफूलाई उडानबाटै निकालिदिएको उनको गुनासो छ ।

मिडोरा क्लाई रिडिङ नाम गरेकी ती महिलाले ७ जनवरीमा वासिङटन डीसीबाट फ्लोरिडाको पाम बिचतर्फ उड्न लागेको विमानबाट आफूलाई निकालिएको बताएकी छन् । फ्लाइट एटेन्डेन्टले आफूलाई बिरामी भएपनि मास्क कुनै हालतमा पनि फुकाल्न नहुने भन्दै बारम्बार दबाव दिएको उनको दाबी छ ।

मुटुको र रगतमा लो सुगरको कारण जल विनियोन हुने समस्या हुने भएकाले उनलाई बारम्बार पानी पिइरहनुपर्थ्यो ।

रिडिङको उजुरीमाथि पुनरवलोकन गर्नै बाँकी रहेको भन्दै एयरलायन्स कम्पनीले अहिले नै यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । ब्रुकलिनको संघीय अदालतमा दायर भएको रिडिङको मुद्दा विमानमा मास्क नलगाउन निहुँ खोज्ने अन्य यात्रुहरूको भन्दा फरक छ ।

अमेरिकाको संघीय उड्यन प्रशासनले सन् २०२१ म एयरलाइन चालकदलले पेस गरेका यात्रुहरूको दुर्व्यवहार सम्बन्धी ५ हजार ९८१ वटा उजुरीमध्ये ४ हजार २९० वटा मास्कसँग सम्बन्धित रहेको जनाएको छ ।

रिडिङले फ्लाइट एटेन्डेन्ट , आफ्नो लाचारीपना देखेर व्यंगात्मक तरिकाले हाँस्ने पाइलट र गेटका दुईजना कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*