क्यानडामा खोप नलगाएकै कारण पिताले छोरालाई भेट्ने अधिकार गुमाए

कोल्हवी न्यूज
२०७८ पुष ३०, शुक्रबार ०६:१४

कोभिडविरुद्धको खोप नलगाएका क्यानडाका एक जनाले आफ्नो १२ वर्षीय छोरासँग भेट्न पाउने अधिकार गुमाएका छन् । त्यहाँको अदालतका एकजना न्यायाधीशले उनले भेट्दा बालकको स्वास्थ्यलाई हित नहुने निर्णय गरेका छन् ।

ती पिताले बिदामा आफ्नो छोरासँग भेट्ने समय अवधि बढाइदिन अनुरोध गरेका थिए ।

एकजना परिवार कानुन विज्ञले खोपकै कारण अभिभावकको सन्तानमाथिको पहुँचको अधिकार खोसिएको यो पहिलो घटना भएको बताएका छन् । गत महिनाको उत्तरार्धमा क्युवेक प्रान्तमा ती न्यायधिशले दिएको निर्णयअनुसार नाम नखुलाइएका ती पितालाई फ्रेब्रअरी महिनासम्म छोरासँग भेट्ने अधिकारबाट बन्चित गरिनेछ ।

ती बालककी आमाले उनले खोप नलगाएको थाहा पाएपछि उनको भेटघाटको समय नलम्ब्याउन आवाज उठाएकी थिइन् । हालै मात्र ती पिताले सामाजिक संजालमार्फत खोपको विरोध गरेपछि उनको खोप नलगाएको पोल खुलेको थियो ।

पारपाचुके गरेका ती महिला आफ्ना पार्टनर र कम उमेरका कारण अझै खोप नलगाएका अन्य दुई सन्तानसँग बस्दै आएकी छन् । क्यानाडाको क्युवेकमा कोभिड संक्रमणका कारण अहिलेसम्ममा सबैभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*