बारा जिल्लामा सञ्चालनमा रहेका विभिन्न क्रसर र बालुवा प्रशोधन उद्योगलाई कारबाही

कोल्हवी न्यूज
२०७८ पुष ३०, शुक्रबार ०५:५९

जिल्ला प्रशासन कार्यालय बाराले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्न थालेको छ ।

ती उद्योगमा अनुगमन गरी नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो । अनुगमन पश्चात् कानुन बिपरित सञ्चालनमा रहेका उद्योगलाई कारबाही अघि बढाइने सहायक प्रजिअ शिवराज सेडाइँले बताए ।

पहिलो चरणमा जिल्लास्थित चारवटा बालुवा प्रशोधन उद्योगको कागजपत्र नियन्त्रणमा लिएर थप अनुसान्धान थालिएको हो । कागजपत्र नियन्त्रणमा लिइएका उद्योगमा बारास्थित समृद्धि बालुवा प्रशोधन उद्योग, बालगङ्गा बालुवा प्रशोधन उद्योग, जयलक्ष्मी बालुवा प्रशोधन उद्योग र बाराको कोलबीस्थित बिना दर्ता सञ्चालनमा रहेको अर्को एउटा बालुवा प्रशोधन उद्योग रहेका छन् ।

नदी उत्खनन् र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरेको जनाइएको छ । अनुगमन टोलीले यस क्षेत्रमा सञ्चालनमा रहेका अन्य चार क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट आवश्यक कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो । बालगङ्गालगायत खोलामा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको बेलामासमेत क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका थिए । जिल्लाभित्र २४ वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन् ।

पुस २७ गते बाराको जीतपुर सिमरा उप–महानगरपालिकामामा रहेको खोलाहरुको अनुगमन गरिएको थियो । जिल्ला समन्य समिति बारा र जिल्ला प्रशासन कार्यालय बाराले संयुक्त रुपमा खोलाहरुको अनुगमन गरेको थिए । नदी उत्खनन र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरिएको जनाईएको छ । अनुगमन टोलीले यस क्षेत्रमा संञ्चालनमा रहेका ४ वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रहरुबाट आवश्यक कागजपत्र समेत नियन्त्रणमा लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*