रौतहटमा जन्ती बोकेको स्कार्पियो दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

कोल्हवी न्यूज
२०७८ पुष १४, बुधबार ०६:०१

रौतहटमा जन्ती बोकेर फर्किरहेको भारतिय नम्बरको एउटा स्कार्पियो दुर्घटना हुंदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य २ जना घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।
गौर( चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बिचमा ८ जना सावार बिआर ०५ ए ६९५३ नम्बरको गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपि बिनोद घिमिरेले बताएका छन । अन्य घाइते २ जना मध्ये १ जनाको गरुडा स्थित अस्पतालमा र अर्का घाइते उपचारको लागि बिरगंज पठाईएक एसपी घिमिरेले जानकारी दिएका छन ।रौतहटको गढिमाई नगरपालिका ३ गमहरिया बाट नरकटिया जन्ती बोकेर गएको उक्त गाडी फर्किने क्रममा अपरान्ह ४ बजे तिर दुर्घटना भएको घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन ।मृत्यु हुनेमा गढिमाई नगरपालिका ३ का १६ बार्षिय सेख नौसाद, २२ का सेख सैनुलाह ,५५ का डाक्टर मोसाफिर२५ का सेख छोटु, ४० का नाम नखुलेका पुरुष र बर्ष १५ को अजिबुलाह रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन ।तिब्रगतिमा रहेको गाडी अनियंत्रित भएर सडक छेउ झन्डै २० फिट तल झरेको थियो ।
दुर्घटना लगत्तै प्रहरीले उद्वार गरेर अस्पताल पुर्याएको थियो । मृतकहरुलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र हालसम्म पहिचान नखुलेको तथा दुर्घटना को कारण नखुलेको डिएसपी भण्डारीले जानकारी दिएका छन ।घटना बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*