सम्पत्ति शुद्धीकरण मुद्दामा १ खर्ब १८ अर्बभन्दा बढी बिगो दाबी

कोल्हवी न्यूज
२०८३ श्रावण ८, शुक्रबार ०६:३५ गते

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सातवटा मुद्दा अभियोजन गरेको छ ।

विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीहरूबाट करिब १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बिगो असुलउपरको मागदाबी गरिएको विभागले जनाएको छ ।

विभागमा दर्ता हुने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी आवश्यकताअनुसार प्रारम्भिक अनुसन्धान अघि बढाउने व्यवस्था छ ।

अनुसन्धान तथा अभियोजनका लागि विभागमा चारवटा अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा रहेका छन् ।

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको छ । पछिल्लो समय विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन, अनुसन्धान तथा तहकिकातको प्रक्रियालाई थप तीव्र बनाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*