नेकपा (माओवादी) परित्याग गर्दै अमृत कुमार जि.आर द्वारा स्वतन्त्र रूपमा जनसेवामा सक्रिय रहने घोषणा

कोल्हवी न्यूज
२०८३ श्रावण ९, शनिबार ०८:४४ गते

बारा,कोल्हवी:बाराको कोल्हवीका अमृत कुमार जि.आरले नेपालि कम्युनिस्ट पार्टी (माओवादी)सँगको आफ्नो सम्पूर्ण राजनीतिक जिम्मेवारी परित्याग गरेको घोषणा गरेका छन्।

 

 

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले विगत केही वर्षदेखि नेकपा (माओवादी) मा आबद्ध रही जनताको सुख–दुःखमा सेवा र सहयोग गर्दै आएको उल्लेख गर्दै अबदेखि पार्टीको सम्पूर्ण जिम्मेवारी त्यागेर स्वतन्त्र रूपमा जनताको सेवामा सक्रिय रहने निर्णय गरेको बताएका छन्।

 

 

उनले आगामी दिनमा कुनै राजनीतिक दलको जिम्मेवारीमा नरही जनताको हित र सेवाका लागि अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै,आम नागरिकलाई आवश्यक पर्ने साथ,सहयोग र सेवामा कुनै कमी हुन नदिने पनि बताएका छन्।

 

 

 

अमृत कुमार जि.आरले आफूलाई यस अवधिसम्म साथ,सहयोग र हौसला प्रदान गर्ने पार्टीका नेता,कार्यकर्ता,शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।उनले आफ्नो निर्णय व्यक्तिगत रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*