मधेशमा कांग्रेस नेतृत्वकै सरकार चुनावसम्म कायम रहने, गठबन्धन दलबीच सहमति

कोल्हवी न्यूज
२०८३ असार ३२, बिहीबार १४:११ गते

देशका अन्य प्रदेशमा सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला मधेश प्रदेशमा भने वर्तमान गठबन्धन सरकारलाई चुनावसम्म निरन्तरता दिने सहमति भएको छ। गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूले सरकार स्थिर रूपमा अघि बढ्ने बताएका छन्।

हाल कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वमा रहेको प्रदेश सरकारलाई केन्द्रको राजनीतिक समीकरण परिवर्तनले असर नगर्ने निष्कर्षसहित तीन दलका शीर्ष नेताबीच छलफल भएको हो।

मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव तथा अर्थमन्त्री एवं नेकपा संसदीय दलका नेता युवराज भट्टराईबीच भएको भेटमा गठबन्धनलाई चुनावसम्म कायम राख्ने समझदारी बनेको जनाइएको छ।

एमाले नेता सरोजकुमार यादवले प्रदेश सरकारभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै केन्द्रको राजनीतिक घटनाक्रमले मधेश सरकारलाई प्रभावित नगर्ने स्पष्ट पारे। यस्तै अर्थमन्त्री युवराज भट्टराईले हालै प्रदेशको बजेट सर्वसम्मत रूपमा पारित भएकाले सरकारलाई स्थायित्वका साथ अघि बढाउने सहमति भएको बताए।

गत १९ मंसिरमा विभिन्न दलका सांसदहरूको समर्थनमा गठन भएको कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले अब आगामी निर्वाचनसम्म निरन्तरता पाउने संकेत गठबन्धन दलका नेताहरूले दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*