विदेशी मुद्रा फेरि महँगियो, अमेरिकी डलरसहित अधिकांश मुद्राको विनिमयदर बढ्यो
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। यद्यपि यो दर जेठ ७ गते कायम भएको उच्च विनिमयदरभन्दा केही कम रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा रहेको छ। त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ५०१ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४०९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटबाट हेर्न सकिने उल्लेख गरेको छ।










