पर्सामा ३७० किलो गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

कोल्हवी न्यूज
२०८३ असार ४, बिहीबार १६:५३ गते

पर्सा जिल्लामा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा ३७० किलोग्राम गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा रहेको झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २५ वटा प्लास्टिकका पोका भेटिएका थिए। ती पोकाको जाँच गर्दा कुल ३७० किलो गाँजा बरामद भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी हरि बहादुर बस्नेत का अनुसार बरामद गाँजा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

घटनामा संलग्न व्यक्तिहरू भने फरार रहेकाले उनीहरूको पहिचान तथा पक्राउका लागि खोजी अभियान तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै, गाँजा कहाँबाट ल्याइएको हो र यसको नेटवर्कसँग को–को जोडिएका छन् भन्ने विषयमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*