स्वास्थ्य मन्त्रालयको नाम फेरियो, अब ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’

कोल्हवी न्यूज
२०८३ जेष्ठ १, शुक्रबार ०६:२१ गते

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै नयाँ कार्यविभाजन लागू गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरिएको छ। अब उक्त मन्त्रालय ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’ का रूपमा सञ्चालन हुने भएको छ।

मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै साविकका २२ मन्त्रालयलाई गाभेर १८ मन्त्रालय कायम गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार मन्त्रालयहरूको नाम र जिम्मेवारीमा हेरफेर गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ कार्यविभाजनसहितको मन्त्रिपरिषद् सूची राष्ट्रपति कार्यालयमा पठाएका थिए। त्यसपछि बिहीबार राष्ट्रपति Ram Chandra Paudel ले नयाँ संरचनाअनुसार मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।

नयाँ व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत अब खाद्य स्वच्छता र सरसफाइसम्बन्धी विषयसमेत समेटिएको छ। सरकारले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सुरक्षाका विषयलाई प्राथमिकतामा राख्दै मन्त्रालयको कार्यक्षेत्र विस्तार गरेको जनाएको छ।

यससँगै स्वास्थ्य सेवा, खाद्य गुणस्तर तथा सरसफाइलाई एकीकृत रूपमा अघि बढाउने सरकारी तयारी देखिएको छ।

naya-karya-bivajan-1778762350.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*