साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सकारात्मक दिशामा

कोल्हवी न्यूज
२०८३ बैशाख २५, शुक्रबार १६:२५ गते

 साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सकारात्मक दिशामा अघि बढेको छ । जससँगै परिसूचक र कारोबार दुवैमा वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४९ अंकले उकालो लाग्दै १.०१ प्रतिशतको वृद्धि दर्ता गरेको छ । सो वृद्धिपछि बजार २७४५ अंकमा पुगेको छ, जुन दिनभरको साथै साप्ताहिक उच्च स्तर पनि रहेको उल्लेख छ ।

कारोबारको सुरुवातदेखि नै बजारमा सुधारको प्रवृत्ति देखिएको थियो र दिनभर सोही गति कायम रह्यो । यसअघि बिहीबार पनि नेप्से ६.९४ अंकले बढेको थियो । समग्र साप्ताहिक अवस्थालाई हेर्दा बजार स्थिरता तर्फ उन्मुख भएको संकेत देखिएको छ । गत साता बजार २७३८ अंकमा बन्द भएको थियो ।

यसैबीच कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*