“उपसभामुख अब हाम्रो पार्टीमा छैनन् : हर्क साम्पाङ”

कोल्हवी न्यूज
२०८३ बैशाख २५, शुक्रबार १६:२४ गते

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ ले प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर अब आफ्नो पार्टीको सदस्य नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले उपसभामुख ठाकुर पार्टीबाट निर्वाचित भए पनि अहिले पार्टीसँग आबद्ध नरहेको स्पष्ट पारे। उनले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने उल्लेख गरेका छन्।

“उहाँ हाम्रो पार्टीबाट जानुभएको हो, तर अब पार्टीको सदस्य रहनुभएन,” साम्पाङले लेखेका छन्। साथै उनले यस विषयमा आफूले पहिले नै खेद व्यक्त गरिसकेको पनि बताएका छन्।

प्रधानन्यायाधीश नियुक्तिका लागि चौथो वरीयताका न्यायाधीशको नाम सिफारिस गरिएको विषयमा उपसभामुखले सहमति जनाएको भन्दै साम्पाङ असन्तुष्ट देखिएका हुन्। उनले उक्त निर्णयलाई खेदजनक भएको टिप्पणी गरेका छन्।

रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै उपसभामुख बनेकी थिइन्। पछिल्लो अभिव्यक्तिसँगै पार्टी र उपसभामुखबीच दूरी बढेको संकेत देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*