सुनको मूल्यमा उछाल, प्रतितोला २९ सय रुपैयाँले बढेर ३ लाख नाघ्यो
नयाँ वर्षकाे दाेस्राे दिन बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघले सार्वजनिक गरेको दरअनुसार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ भने चाँदी प्रति १० ग्राम ४ हजार ४७५ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर उतारचढाव भइरहेको देखिन्छ।








