नारायणगढ–हेटौंडा सडकखण्डमा फागुन दोस्रो साताभित्र स्तरोन्नतिका लागि ठेक्का आह्वान, चितवनको टिकौली जंगलमा भने दुई किमि लामो आकर्षक फ्लाइओभर निर्माण गरिँने
नारायणगढ–हेटौंडा सडकखण्डमा फागुन दोस्रो साताभित्र स्तरोन्नतिका लागि ठेक्का आह्वान गरिने भएको छ ।
नारायणगढबाट हेटौंडासम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागिएको हो । डिजाइनको काम सकिसकेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशकले बताए । यही राजमार्गमा पर्ने चितवनको टिकौली जंगलमा भने दुई किमि लामो आकर्षक फ्लाइओभर निर्माण गरिँदै छ । ‘यति लामो फ्लाइओभर पहिलोपटक निकुञ्जभित्र निर्माण गर्न लागिएको हो ।










