‘जेन जी’ आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु कैयौं घाइते

कोल्हवी न्यूज
२०८२ भाद्र २३, सोमबार १६:०१ गते

नेपालमा सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएको विरोधमा नवयुवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा.दीपेन्द्र पाण्डेले पुष्टि गरे । १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ उनले भने, २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । मृतकहरूको पहिचान खुल्न बाँकी छ । प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन–जीहरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*