जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलमा प्रहरीले करिब ५ किलो गाँजा बरामद

कोल्हवी न्यूज
२०८२ भाद्र १८, बुधबार १४:०८ गते

बारा प्रहरीले लागु औषध गाँजासहित एकजनालाइ पक्राउ गरेको छ । प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पूर्वटोलमा प्रहरीले करिब ५ किलो गाँजा बरामद गरेको हो ।

गाँजासहित जितपुरसिमरा–११ खेस्रोलका २० वर्षीय मुना यादवलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले लिएको जनाएको छ।

बिहान साढे ७ बजेतिर ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको असई राजहरण यादव नेतृत्वको टोलीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बीआर–०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा फेला परेको हो।

मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम (गुप्त कक्ष) बनाई लुकाइ–छिपाइ ल्याइँदै गरिएको उक्त गाँजा बरामद गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिए। बरामद गाँजासहित यादवलाइ प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान चलिरहेको प्रहरी भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*