जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ५ लाख रुपैयाँ धरौटीमा रिहा
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई जिल्ला अदालत ललितपुरले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतबार न्यायाधीश टेकराज जोशीको इजलासले धरौटीमा छाड्ने आदेश दिएसँगै उनी रिहा भएका हुन्।
यादवविरुद्ध ठगी र आपराधिक विश्वासघातको आरोप लाग्दै आएको थियो। डा। शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले वैशाख ७ गते सप्तरीको राजविराजबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो।
अब अदालतको आदेशपछि यादव कानुनी प्रक्रिया जारी राख्दै बाहिरिएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।